Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

images
  • 1.5K
    SHARES
  • नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा
    images

    हेग, नेदरल्याण्ड

    नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् ।

    नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।

    “टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,” डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “यो गोपनीयता कानूनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्याङक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,” डीपीएका अधिकारीले भनेका छन् ।तथ्याङ्क संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्याण्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत बर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।

    एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ । “डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दावी टिकटकले गरेको छ । ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # नेदरल्याण्डद्वारा–टिकटक

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology