Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

images
  • 1.0K
    SHARES
  • बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित
    images

    साउन ४ गते, लन्डन, 

    महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो ।

    गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका छन् । बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको छ । साथै गएको २४ घन्टाभित्र संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।

    बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्याँकले देखाएको छ । कोभिड १९ को डेल्टा स्वरुप पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञहरुले बताएका छन् । बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ ।

    बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ सङ्क्रमितहरु थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरुमा मृत्यु दर भने कम भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # कोभिड १९
  • # बेलायत

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology