साउन ३ गते , काठमाडौं । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ उपस्थित हुनु भएकाे थियाे । मतदानमा उहाँको पक्षमा १६५ मत खसेको छ भने विपक्षमा ८३ मत परेको थियो । साथै एक संसद तटस्थ रहनुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।




