Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रपतिलाई महाअभियोग लगाउने गंजेडि गफ नदिन महेश बस्नेतको चेतावनी

राष्ट्रपतिलाई महाअभियोग लगाउने गंजेडि गफ नदिन महेश बस्नेतको चेतावनी

images
  • 1.2K
    SHARES
  • images

    भक्तपुर । प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा गंजेडिका गफ नदिन नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले चेतावनी दिनुभएको छ ।

    प्रधानमन्त्री केपी ओलीले संविधानको ७६ धारा (३) अनुसार विश्वासको मत लिन नसक्ने जानकारी मन्त्रीपरिषद्बाट नै निर्णय गराई राष्ट्रपतिलाई जानकारी गराएसँगै राष्ट्रपतिले संविधानको ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेसँगै विभिन्न नेताहरुले प्रधानमन्त्री तथा राष्ट्रपतिमाथि विभिन्न प्रकारका आक्षेप तथा भ्रमपूर्ण कराहरु गरिरहेको भन्दै उहाँले आक्रोस जनाउनुभएको हो । प्रधानमन्त्री ओलीलाई गल हत्याउने र राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने सम्मका गंजेडिका गफ नदिन चेतावनी दिनुभयो ।

    नयाँ सरकार गठनको लागि राष्ट्रपतिले समयसीमा दिएपछि कांग्रेसका नेता गगन थापा, रामचन्द्र पौडेल, माओवादीका रञ्जित तामाङलगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई गलत्याएर निकाल्ने तथा राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । नेपालसंविधान अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउन संसदमा दुई तिहाई मतको आवश्यक पर्छ । जसमा एमाले विना दुई तिहाई पुग्ने कुनै पनि सम्भावना छैन । त्यसैले महाभियोग लगाउँछु भने चिच्याउनेहरु केवल प्रचारवाजीको मात्र भएको स्पष्ट रहेको छ ।mahesh-basnet-.jpg 

     

    उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘राजनीति विचार र सिद्धान्तको मात्र विषय होइन । यो त विधि, पद्धति र प्रक्रियाको विषय पनि हो । वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संविधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन् । एमाले फुटाउने, जसपा फुटाउने, राष्ट्रियसभामा निर्दलिय गठबन्धन बनाउने । फ्लोर क्रस गराउने, पार्टी व्हिपविरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हर्कत देखाएकै छन् । यस्तो हर्कतको परिकल्पना र निर्माण मावोवादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग छ । च्याखे दाउमा चिठ्ठा पर्छकी भनेर त्यो अलोकतान्त्रिक हर्कत र अभ्यासमा डा। बाबुराम र उपेन्द्र घुँडा धसेरै लागेका छन् भने भित्र भित्रै माधव नेपालले पनि आशिर्वाद दिएकै छन् । आजको परिवेशमा बनेको धारा ७६ (३) को सरकारले विश्वासको मत पाउने स्थिति नदेखिए पछि सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपति ज्यु मार्फत ७६ (५) को सरकारको लागि आव्हान भएको छ । यो स्वभाविक संवैधानिक प्रक्रिया हो । यो प्रक्रियामा बहुमत पुराउन सक्ने हैसियत नभएका केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवि भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपति ज्युलाई महाअभियोग लगाउनेसम्मका गंजेडिका गफ गरिरहेका छन् । याद होस सक्छौं भने बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर । हामी बिपक्षीमा बस्न तयार छौ । नत्र भने संविधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाई आलोचनात्मक समर्थन गर । मिडिया र सोसियल मिडियाको रोइलोको कुनै अर्थ छैन । लोकतान्त्रको विधि र प्रक्रिया भनेको संसदमा जसको बहुमत पुग्छ उसैको सरकार बनाउने होला नि ! तिम्रा रिस, कुण्ठा र आग्रहले नयाँ बिकल्प दिन सक्छ र ? बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो, आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने, अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने । जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ । नेपाली राजनीतिका सफल टिम लिडर केपी ओली नै हुन र अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बडनेछन्, सिल्ड मेडल प्राप्त गरिरहने छन् ।’

    images
  • सम्बन्धित विषय:

  • # #केपी ओली
  • # #महेश बस्नेत

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology