Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

चीनले म्यानमारलाई तीन हजार टन अक्सिजन उपलब्ध गरायो

चीनले म्यानमारलाई तीन हजार टन अक्सिजन उपलब्ध गरायो

images
  • 676
    SHARES
  • चीनले म्यानमारलाई तीन हजार टन अक्सिजन उपलब्ध गरायो
    images

    साउन २ गते, याङ्गुन, 
    म्यानमारलाई तीन हजार टन तरल अवस्थाको अक्सिजन चीनबाट प्राप्त भएको छ । म्यानमारको दोस्रो ठूलो सहर मण्डलायमा यति ठूलो मात्रामा अक्सिजन प्राप्त भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । म्यानमारमा रहेको चिनियाँ दूतावासले पनि चीनबाट म्यानमारमा तीन हजार टन अक्सिजन ल्याइएको जानकारी दिएको छ ।

    म्यानमार सार्वजनिक कल्याण सङ्गठनले चीन म्यानमार नाका हुँदै अक्सिजन ल्याएको हो । यसले कोरोनाभाइरसको महामारी विरुद्ध लड्नका लागि ठूलो सहयोग हुने अपेक्षा गरिएको छ । “हालै मात्र म्यानमारले कोरोनाभाइरसको महामारी नराम्रोसँग भोग्नुपरेको छ, त्यही कारणले तरल अवस्थामा रहेको अक्सिजन माग गरिएको थियो, त्यससँगै अन्य अत्यावश्यक सामग्रीहरु सहयोग गर्न आग्रह गरिएको थियो,” म्यानमारस्थीत चिनियाँ दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

    म्यानमारमा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाख १८ हजार ७३९ जना सङ्क्रमित भएको र ती मध्ये चार हजार ५३६ जनाको मृत्यु भएको स्वास्थ्य तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # COVID CHINA
  • # COVID MYANMAR

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology