Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भीषण बाढीमा परी  ९३ जर्मनीको मृत्यु

भीषण बाढीमा परी  ९३ जर्मनीको मृत्यु

images
  • 1.5K
    SHARES
  • भीषण बाढीमा परी  ९३ जर्मनीको मृत्यु
    images

     बर्लिन, 
    अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी  ९३ जर्मनी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको  जनाइएको छ ।

    धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।

    प्रकोपबाट ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ । विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिनु भएको छ ।

    हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिनु भएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology