Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल

भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल

images
  • 589
    SHARES
  • भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल
    images

    नयाँ दिल्ली, 
    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोभिन्दसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रमममा उहाँहरूबीच महत्वपूर्ण विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति कार्यालयले लेखेको छ, “राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा राष्ट्रपति भवनमा आज महत्वपूर्ण छलफल भएको छ ।” भारतको वर्षे अधिवेशन सुरु हुन लागेको पूर्वसन्ध्यामा उहाँहरूका बीचमा भेटवार्ता भएको हो । भारतको वर्षे अधिवेशन यही जुलाई १९ देखि सुरु हुने तय भएको छ ।

    भारतका राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा भएका महत्वपूर्ण छलफलका बारेमा भने विस्तृत जानकारी दिइएको छैन ।
    यसअघि प्रधानमन्त्री मोदीले वाराणसीमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नुभएको थियो । त्यो परियोजनालाई महत्वपूर्ण परियोजना मानिएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology