Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रपतिद्वारा वैकल्पिक प्रधानमन्त्रीमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको म्याद

राष्ट्रपतिद्वारा वैकल्पिक प्रधानमन्त्रीमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको म्याद

images
  • 820
    SHARES
  • राष्ट्रपतिद्वारा वैकल्पिक प्रधानमन्त्रीमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको म्याद
    images

    राष्ट्रपतिद्वारा वैकल्पिक प्रधानमन्त्रीमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको म्याद

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी छन्।

    राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भोलि जेठ ७ गते साँझ ५ बजेसम्म समय दिएको जनाएको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ ।

    हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology