काठमाडौं । धेरै दिन को लगातार बैठक र छलफल पछि सत्तारुढ नेकपा एमालेमा पार्टी ए्कताका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।यो सहमतिलाई सोमबार बोलाइएको स्थायी कमिटीको बैठक ले अनुमोदन गर्ने छ ।कार्यदलले जेठ २ मा फर्किने सहमति गरेको छ । तर पार्टी एकता गर्दा थपिएका केन्द्रीय सदस्यहरु र माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई पनि जिम्मेवारी दिइने भएको छ ।सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने दुबै पक्षका नेताहरु रहेको कार्यदलले सहमति गरेको छ ।संसद विघटन खारेज गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमालेका २३ सांसद सहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका मा ,यसको फैसला सम्भवतः भोलि सोमबार आउनेछ ।
सहमति को दस बुँदा निम्नानुसार छ 




