शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा भएको छलफलमा नेकपा एमालेमा एकताका निम्ति क्रियाशील कार्यदलको दुई पक्षबीच सहमति नजिक पुगेको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगाएको हो । वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’
भाषिक परिमार्जन सहित सहमतिको दस्तावेजलाई अन्तिम रुप दिनभोलि अपरान्ह फेरी बैठक बस्ने उनले जानकारी दिए । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।
माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । एकाध विषयहरु भोली टुंग्याउने उनको भनाइ छ । कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् ।




