काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बहुप्रतिक्षित वार्ता सकिएको छ ।
मेरिओट होटेल नक्साल मा भएको वार्तामा ठोस निश्कर्ष नभए पनि ; ठोस सहमति नभए पनि सकारात्मक रहेको वार्तामा सहभागी नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार दुवै तर्फका दोस्रो तहका नेताहरु सहित नेपाल ओली बीच कुराकानी पहिले भएको थियो र त्यसपछि मात्र ओली-नेपाल वान टु वान वार्ता भएको थियो।
भोली कार्यदलको बैठक बस्ने बतायिएको छ ।




