काठमाडौं । दुवै तर्फका दोस्रो तहका नेताहरु सहित प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा निर्णायक वार्ता जारी छ ।
स्रोतका अनुसार नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति छ । ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी छन् ।
ओली र नेपाल दुवै आफ्ना सहकर्मीहरुसहित एक साथ मेरियट होटलमा प्रवेश गरेको स्रोतले जानकारी दियो । पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो । देश को राजनीतिमा चासो राख्ने जो कोहि को ध्यान यतिखेर बार्ता पछि क निस्कर्ष आउछ भन्नेमा छ।
file photo .





