काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा बहालवाला मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले आज साँझ केन्द्रीय मन्त्रिपरिषदमा ब्यापक फेरबल गर्दै छन् । मोदीको नयाँ मन्त्रिपरिषदमा १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम हुने, १३ महिला अनुहार, चारजना पूर्वमुख्य मन्त्री र१८ पूर्वराज्य मन्त्री सहभागी हुने जनाइएको छ । नयाँ ४३ जना मन्त्रीले आज साँझ सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।
स्वास्थ्य मन्त्री हर्षवर्धन र शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले आज राजीनामा दिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका हुन् । आगामी चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद परिवर्तन गर्न लागेको बताइएको छ ।




