Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नाइजेरिया : एक विद्यालयबाट १४० बालबालिकाको सामूहिक अपहरण

नाइजेरिया : एक विद्यालयबाट १४० बालबालिकाको सामूहिक अपहरण

images
  • 1.8K
    SHARES
  • नाइजेरिया : एक विद्यालयबाट १४० बालबालिकाको सामूहिक अपहरण
    images

    नाइजेरियाको काडुना राज्यमा विद्यालयमा अध्ययनरत १४० बालबालिकाको अपहरण भएको छ । बन्दुकधारीको एक समूहले बालबालिकाको अपहरण गरेको हो ।

    प्रहरीले घटनाको पुष्टि गर्दै नाइजेरियाको उत्तर–पश्चिम क्षेत्रको काडुनामा कम्तिमा १४० बालबालिकाको अपहरण भएको जनाएको छ । यसअघि आइतबार पनि आठजनाको अपहरण भएको खबर र्साजनिक भएको थियो ।

    आइतबार जारियामा राष्ट्रिय क्षय रोग एवं कुष्ठ रोग केन्द्रबाट आठजनाको अपहरण भएको थियो । अस्पतालका एक कर्मचारीका अनुसार अपहरणमा परेकामध्ये दुईजना नर्स र एक १२ महिनाको बच्चा छन् ।

    नाइजेरियामा पछिल्लो समय विद्यालय र विश्वविद्यालयमा फिरौतीका लागि अपहरणका घटनाहरू बाहिर आएका छन् । सोमबार जारियाभन्दा ८० किलोमिटर दक्षिण–पश्चिममा काडुना सहर नजिक एक विद्यालयबाट सामूहिक अपहरणको खबर आएको थियो ।

    बेथेल बैपटिस्ट विद्यालयबाट अपहरणमा परेकी एक १५ वर्षीया छात्राकी आमाले मोटरसाइकलमा आएका हतियारधारी समूह अपहरणमा संलग्न रहेको बताएकी छिन् ।

    विद्यालयभित्र प्रवेश गरेर उनीहरूले १४० बालबालिका नियन्त्रणमा लिएको उनको भनाइ छ । हतियारसहित आएका उनीहरूले विद्यालयका सुरक्षा गार्डलाई बन्धक बनाइ छात्रावासबाट बालबालिकाको अपहरण गरेको प्रहरीले जनाएको छ ।

    गएको सेप्टेम्बर महिनादेखि अहिलेसम्म १ हजार अपहरणका घटना नाइजेरियामा सार्वजनिक भएको छ । अपहरणमा परेकामध्ये ९ जनाको हत्या भएको छ । दुई सयभन्दा बढी विद्यार्थी वेपत्ता छन् जसमध्ये कतिपयको उमेर ३ वर्ष रहेको बताइएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # नाइजेरिया
  • # अपहरण

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology