असार २१ गते,काठमाडौं,
फिलिपिन्समा आइतबार भएको सैन्य विमान दुर्घटनामा मृत्यु हुने सेनाको संख्या ५० पुगेको छ । फिलिपिन्स सेनाको सी–१३० हर्कुलस विमानमा ९६ जना सेना सबार थिए । सुलु प्रान्तको जोलो विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो । सेना, प्रहरी र अग्नि नियन्त्रकले ४९ जना सेनालाई उद्धार गरेको थियो । केही विमानमा आगलागि हुनुभन्दा अघि उफ्रेर ज्यान जोगाएका थिए । विमानबाट उछिट्टिएकामध्ये सात जना विमानकै अवशेष लागेर घाइते भएका थिए । जसमध्ये तीन जनाको मृत्यु भएको छ ।
विमानमा सबारमध्ये अधिकांश नयाँ भर्ना भएका सेना थिए । जसलाई दक्षिण फिलिपिन्समा संघर्षरत् विद्रोही संगठन अबु साएफ बिरुद्ध परिचालन गर्ने तयारी गरिएको थियो ।




