काठमाडौं,
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रदीप पौडेललाई प्रवक्ता तोकेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
क्रियाशील सदस्यताबारे आम चासो बढेकोले सञ्चारमाध्यमसँग आवश्यक समन्वय गर्ने जिम्मेवारीसहित पौडेललाई प्रवक्ता बनाइएको हो । समितिका कामकारवाही बारे औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।




