हर प्रकारका, हर उदेश्यका, हर स्वार्थका अनि हर विचारका अनलाइन न्युज पोर्टलहरु हजारौंका संख्यामा छन्। सबैले आफुलाई फरक तर सत्य दाबि गर्नु स्वाभाविक हो। तर वास्तविक पत्रकारिता र संबिधान ले प्रत्याभूत गरेको आम जनताको सुसुचित हुने अधिकारको सतहमा सत्य, नढल्केको, यथार्थ परक तथा स्वार्थ रहित समाचार सम्प्रेषण गर्ने न्युज पोर्टल भने औंलामा गन्न सकिने छन्।
न्यु मिडिया को प्रभुत्व बिस्तारै हाम्रो समाज मा पनि बिस्तृत हुन थाले पछि पुरानो र बर्तमान अवस्थाका मुलधार मिडियाहरु पनि आफुलाई दुवै तर्फ़ सक्रिय राख्न वा आफ्नो मीडियालाइ न्यु मिडियाको बाटो मार्फत आम मानिसमा पुराउने कसरतमा लागि सकेको देखिन्छा र त्यो बाध्यात्मक एबम अपरिहार्य आवस्यकता पनि बनि सकेको छ ।
अनि धेरै अनलाइन पोर्टलका कतिपय समाचार अतिरन्जित हुने, बास्तविकता भन्दा पर हुने र मात्र भ्युज बढाउने अभिप्रायले 'क्रिस्पी हेडलाइन ' राखेर आउने कारण पाठक लाइ दिग्भ्रमित पारेको र त्यस्ता न्युज लिंक हरुले वाक्क पारेको देखिएको छ । जसको भुग्तभोगि हामि सबै हौँ।
त्यसैले यी समस्यामा परेको पाठकहरुको लागि हामी सबैको सूचनाको भरपर्दो स्रोत बन्ने प्रयासमा आएको छ - सत्य नेपाल न्युज ! हाम्रो भेट निरन्तर हुनेनै छ।
नमस्कार ; शुभ शुरुवात !




