Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

तालिबानसँगको भिडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृत्यु

तालिबानसँगको भिडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृत्यु

images
  • 487
    SHARES
  • images

    असार २० गते, फैजाबाद,

    अफगानिस्तानको सरकारी फौज र तालिबानहरुबीच भएको दोहोरो भिडन्तमा परी २३ जनाको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भिडन्त भएको हो । त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन् ।उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् ।

    सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए ।

    ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।

    स्रोत:रासस

    images
  • सम्बन्धित विषय:

  • # तालिबान
  • # अफगान

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology