Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

images
  • 1.7K
    SHARES
  • images

    असार २० गते, भियना, असार २० गते,

    राष्ट्रसङ्घीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्नुहुने भएको छ । आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अवरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लाग्नुभएको हो ।

    राष्ट्रसङ्घको भियना कार्यालयका लागि इरानका राजदूत काजिम घारीबाबाडीले ट्वीटर मार्फत यस्तो घोषणा गर्नुभएको हो । उहाँले आणविक एजेन्सीसँग भएको सम्झौता बमोजिम एजेन्सीले अनुगमन गर्ने र निरन्तर एजेन्सीको सम्पर्कमा इरान रहेको पनि बताउनुभयो ।

    युरोपको एक कूटनीतिक स्रोतले पनि आइएईएका उपमहानिर्देशक अपारोले इरान भ्रमण गर्न लाग्नुभएको पुष्टि गरेको छ । इरानको नटान्ज आणविक प्रशोधन केन्द्रमा प्रयोग गरिएका सेन्ट्रिफ्युजको अवस्थाका बारेमा अनुगमनकर्तालाई पूर्ण पहुँच दिएको छ छैन भन्ने बारेमा उपमहानिर्देशकले जानकारी लिनुहुनेछ ।

    गत अप्रिल ११ मा नटान्ज आणविक केन्द्रमा विस्फोट भएसँगै इरानले आइएईएको पहुँचलाई सीमित गरेको छ । तर आगामी केही दिनभित्रै राष्ट्रसंघीय अनुगमनकर्ताहरुलाई पूर्ण पहुँच दिइने स्रोतको भनाइ छ । इरानले विस्फोटका लागि इजरायलमाथि दोषारोपण गरिरहेको छ ।आइएईएका प्रवक्ताले इरानी आणविक कार्यक्रमको अनुगमनको सिलसिलामा उपमहानिर्देशक अपारोले नियमित अन्तरालमा इरानको भ्रमण गरिरहनुभएको बताएका छन् ।

    स्रोत:रासस

    images
  • सम्बन्धित विषय:

  • # आणविक ऊर्जा एजेन्सी

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology