युहान इन्टरनेसनल ईभेन्ट्सको ब्यानरमा आधा दर्जन वर्ष भन्दा बढी समय इभेन्ट आयोजना र व्यवस्थापनमा सक्रिय रहँदै आएका सानु खान जसलाई स्तरीय कार्यक्रमको आयोजना एवं व्यवस्थापन तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारको उपस्थिति गराएर नेपाली इभेन्टको स्तर तथा ख्याति वृद्धिमा योगदान पुर्याउने व्यक्तित्व भनेर चिनिन्छ।
शानू खानले दर्जनौं मोडेलिङ इभेन्ट मार्फत सयौं मोडललाई नेपाली तथा अन्तर्राषट्रिय बजारमा स्थापित गरिसकेका छन्।आँचल शर्मा, उरुषा जोशी, निरिषा बस्नेत, कलाकार नाग्मा श्रेष्ठ लगायत जस्ता परिचित नामहरुलाईचलचित्र तथा टेलिभिजन काे पर्दासम्म पुर्याउने योगदान समेत गरिसकेका छन्। मोडेल क्वेस्ट मार्फत, पहिलो सिजनमा हेजेल किच तथा दोश्रो सिजनमा अली कुली मिर्जा र चर्चित बलिउड नायीका उर्वशी रौतेला लाई नेपाली दर्शकमाझ प्रस्तुत गरेका खानले बलिउड र्यापर बादशाह देखि हलिउडका जे सन् सम्म लाई नेपाली मञ्चमा उतरिसकेका छन्। सानु खानकाे सीधा संपर्क एसियाकै परिचित ब्यान्ड बि टि एस देखि ब्ल्याक पिंक र पी एस वाई सम्म छ त्यसैगरी खानकाे बलिउड तथा नेपालका दर्जनौं कलाकार तथा गायक गायिका सँग पनि राम्रै सम्बन्ध रहेको पाइन्छ। बादशाह, हनी सिंह, शहीद माल्या, नेहा कक्कड, आतिफ अस्लम, चिन्टु भोषले, अल्का याग्निक, जुबिन नौटियाल, आस्था गील, बि प्राक लगायतका म्यानेजमेन्ट सँग पनि सानु खानको सीधा सम्बन्ध रहेको पाइन्छ। त्यसै गरी सानु खान भेंगा ब्वाइज, जे सन, र्यापार एकन, चेन समोकर्स, चार्ली पुथ, दि पोइट जस्ता चर्चित हस्तीहरु सँग पनि म्यानेजमेन्ट मार्फत सम्पर्कमा रहेको पाइन्छ ।
सोही परिचित नाम सानु खान सँग इभेन्ट प्रति कोविड ले हुन गएको असर बारे केही छलफल।कोभिडका कारण गरिएको लकडाउनले इभेन्ट क्षेत्रमा कस्तो असर पारेको अनुभव गर्नुहुन्छ ?खासै धेरै चर्चा नपाए पनि, इभेन्ट सेक्टर बाँकी सबै क्षेत्रभन्दा बढी प्रभावित भएको बुझ्छु म। कुनै पनि हालतमा ठूलो कार्यक्रम आयोजना गर्न मिल्ने वातावरण नै छैन। लगानी सबै अड्केको अवस्था छ।यो असर अल्पकालीन हो या दीर्घकालीन हो ?देख्दा अल्पकालीन लागे पनि कोभिड ले पार्न गएको असर दीर्घकालीन नै रहनेछ। इभेन्ट इन्डस्ट्रीले व्यहोरेको घाटाबाट निस्किन वर्षौं लाग्छ जस्तो भान हुँदै छ मलाई।यो अवस्थामा इभेन्ट क्षेत्रलाई चलायमान के गर्नु पर्ने देखिन्छ ?कोभिड प्रोटोकलमा रहेर, दर्शकलाई अनुशासित तवरले राखेर कार्यक्रमहरू गर्न पाउनु पर्छ जस्तो लाग्छ मलाई। तैपनि ठूलो संख्यामा भ्याक्सिन प्रक्रिया पूरा हुन पाए दीर्घकालीन रुपमा काम गर्न सजिलो हुने थियो।लकडाउन मैत्री अर्थात् अनलाईन इभेन्टको संभावना कस्तो देखिन्छ ?अनलाइन इभेन्टकाे खासै सम्भावना चाहिँ म देख्दिन। पोहोर हामीले पनि केही हद सम्म प्रयास गरेका थियौं तर खासै सफल भने हुन सकेन।नेपाली परिवेशमा डिजटल प्लेटर्फममा इभेन्ट संचालनको अवस्था कसरी सृजना गर्न सकिन्छ ?सर्वप्रथम त डिजिटल तरिकाले इभेन्ट गर्न गार्हो छ। त्यसै कार्यक्रम हरुका लागि स्पोन्सर पाउन हम्मे हम्मे गर्नुपर्ने देशमा डिजिटल कार्यक्रम गर्दा स्पोन्सर हरु को खासै रुचि देखिँदैन। तैपनि विगतका केही समयमा डिजिटल इभेन्ट हरु हुँदै आइरहेको देखिन्छ। सम्भवतः समयले आफै सबै अवस्था सिर्जना गर्नेमा विश्वस्त छु म।सरकारी पक्षबाट इभेन्ट क्षेत्रलाई राहत दिने खालको कुनै व्यवस्था गर्नु पर्छ भने कस्तो गर्नु राम्रो र प्रभावकारी होला ?सरकारबाट खासै भन्ने हो भने आशा चाहिँ देख्दिन। तर पनि सरकार सँग हरेक संभव निकायबाट इभेन्ट सेक्टर का लागि केही सहजीकरण गरियोस् भन्ने गुहार गर्दै आएका छौं। कम्तीमा आगामी दिनहरूमा कार्यक्रम आयोजक कम्पनीहरु लाई केही राहत उपलब्ध गराउन नसके पनि कर तथा अन्य शुल्कमा न्यूनीकरण गरेर केही सहयोग होला की भन्ने विश्वास छ।


चलचित्र तथा टेलिभिजन काे पर्दासम्म पुर्याउने योगदान समेत गरिसकेका छन्। मोडेल क्वेस्ट मार्फत, पहिलो सिजनमा हेजेल किच तथा दोश्रो सिजनमा अली कुली मिर्जा र चर्चित बलिउड नायीका उर्वशी रौतेला लाई नेपाली दर्शकमाझ प्रस्तुत गरेका खानले बलिउड र्यापर बादशाह देखि हलिउडका जे सन् सम्म लाई नेपाली मञ्चमा उतरिसकेका छन्। सानु खानकाे सीधा संपर्क एसियाकै परिचित ब्यान्ड बि टि एस देखि ब्ल्याक पिंक र पी एस वाई सम्म छ त्यसैगरी खानकाे बलिउड तथा नेपालका दर्जनौं कलाकार तथा गायक गायिका सँग पनि राम्रै सम्बन्ध रहेको पाइन्छ। बादशाह, हनी सिंह, शहीद माल्या, नेहा कक्कड, आतिफ अस्लम, चिन्टु भोषले, अल्का याग्निक, जुबिन नौटियाल, आस्था गील, बि प्राक लगायतका म्यानेजमेन्ट सँग पनि सानु खानको सीधा सम्बन्ध रहेको पाइन्छ। त्यसै गरी सानु खान भेंगा ब्वाइज, जे सन, र्यापार एकन, चेन समोकर्स, चार्ली पुथ, दि पोइट जस्ता चर्चित हस्तीहरु सँग पनि म्यानेजमेन्ट मार्फत सम्पर्कमा रहेको पाइन्छ ।


