काठमाडौं, चैत १४ । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुँदैछ।
सिरिजका लागि मलेसियाको टिम आइतबार नेपाल आइपुगेको छ पिएनजी भने अघिल्लो सातादेखि नेपालमै छ।
पिएनजी र नेपालबीच दुई खेलको एकदिवसीय सिरिजमा प्रतिस्पर्धा भएको थियो। दुवै खेल जित्दै पिएनजीले सिरिज कब्जा गरेको थियो।
टी-२० सिरिजको पहिलो खेलमा नेपाल र पिएनजीबीच आज प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि मैदानमा मध्यान्ह १२:३० देखि सुरू हुनेछ।




