Logo

शनिवार, कार्तिक २९ गते २०८३

ताजा अपडेट :

एमालेको विधान सम्मेलन- साउन २५ मा

एमालेको विधान सम्मेलन- साउन २५ मा

images
  • 1.2K
    SHARES
  • images

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

    यस अधिवेशनका लागि कामको बांडफांड गर्दा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको बतायिएको छ।  ।

    सदस्यता नवीकरण असार मसान्तभित्र गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने अनि भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको स्रोतले बताएको छ। 

    महासचिव ईश्वर पोखरेलले बैठकमा निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन् ।

     

    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # नेकपा (एमाले)
  • # केपी शर्मा ओली

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology