काठमाडौं, असार १६ गते । बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली बीच शीतल निवासमा भेटघाट भएको छ । नियमित भेटका लागि प्रधानमन्त्री ओली शीतल निवास जानुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सरकारको कार्य प्रगति तथा अन्य गतिविधिका बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने प्रावधान छ ।




