काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रियसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् । तर अहिले सम्म मिति भने तय भएको छैन ।‘असारको २० वा २१ गते हुन सक्छ’ भट्टराईले भने । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि यो वर्ष प्रतिनिधिसभा विघटन भएकाले उनले संसदमा सम्बोधन गरेकी छैनन् ।




