Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दीपक मनाङेलाई फेरी युवा तथा खेलकुद मन्त्रालय :गण्डकीमा अस्थायी कार्यविभाजन

दीपक मनाङेलाई फेरी युवा तथा खेलकुद मन्त्रालय :गण्डकीमा अस्थायी कार्यविभाजन

images
  • 811
    SHARES
  • images

     गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेको दुई हप्तासम्म पनि मन्त्रालयको भागबण्डा टुंगो लगाउन नसकेको भन्दै आलोचना भइरहँदा मन्त्रिपरिषद्को अस्थायी कार्यविभाजन गरी चार मन्त्रालयको टुंगो लगाइएको हो ।

    प्रदेश सरकारका प्रवक्ता तोकिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारी (गुरुङ)लाई स्वास्थ्य तथा जनसंख्या तथा स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

    दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद्लाई कार्यविभाजन टुंगिनसकेको भन्दै उनले अहिले गरिएको कार्यविभाजन अस्थायी भएको पनि उल्लेख गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले जेठ २९ गते शपथ लिएका थिए । मुख्यमन्त्रीको शपथसँगै नियुक्त गरिएका अन्य चार मन्त्री विना विभागीय थिए ।

    images
  • सम्बन्धित विषय:

  • # दीपक मनाङे

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology