Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपालको ‘चुच्चे नक्सा’ र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री केपी शर्मा ओली

नेपालको ‘चुच्चे नक्सा’ र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री केपी शर्मा ओली

images
  • 688
    SHARES
  • images

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी ,लिम्पियाधुरा क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताउनुभएको छ । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्नुहुँदै उहाँले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको धारणा व्यक्त गर्नुभएको हो ।

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महìवपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पार्नुभएको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभयो ।
    उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।” नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उहाँले स्पष्ट पार्नुभयो ।
    “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै कायरता वा निरिहता होइन” उहाँले भन्नुभयो । सन्दर्भ गुमाइसकेका पुराना सन्धिलाई नयाँ परिवेशमा बदल्न नेपालले चाहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता राणाकालीन सन्धि पुनरवलोकनका लागि दुई प्रमबीच भएको सहमति अनुसार चार चार जनाको विज्ञ टोली बनाइएकोoli pradeep.jpg समेत चर्चा गर्नुभयो ।
    उहाँले वर्तमान राजनीतिक खिचातानी र विपक्षी गठबन्धनका विषयमा चर्चा गर्नुहुँदै राष्ट्रपतिमाथि अवाञ्छित टिप्पणी गरिन थालिएकोमा चिन्ता व्यक्त गर्नुभयो । धादिङमा पुगेर एक नेताले सर्वोच्च अदालतबाट आउने फैसलाबारे बोलेको प्रसङ्ग चर्चा गर्नुहुँदै उहाँले ‘कुखुरा हराउनु र अघिल्लो दिन धादिङमा स्याल कराउनु संयोग मात्र हो ?’ भन्ने प्रश्न गर्नुभयो । कार्यक्रममा पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले विमोचित पुस्तकमा आफ्नो कार्यकालका प्रमुख विषयवस्तु समेटिएको बताउनुभयो । नेपाली परराष्ट्र मामिला विगत सानो र कमजोर मुलुकको लघुताभाषले जकडिएको अवस्थामा रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “समस्यालाई गुन्द्रीमुनि लुकाएर नभई खुलस्त राख्दा नै मुलुकका लागि राम्रो हुने देखियो ।”

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology