Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो

इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो

images
  • 124
    SHARES
  • इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
    images

    काठमाडौँ । इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    गत महिना, इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभि नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो ।

    इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी पक्षपात गरेको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ ।

    अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ । इजरायली प्रधानमन्त्रीले यस च्यानललाई 'आतंकवादीद्वारा नियन्त्रित' भनेका छन् ।
     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology