Logo

बिहिवार, कार्तिक २७ गते २०८३

ताजा अपडेट :

एकैपटक भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ - रवि लामिछाने

एकैपटक भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ - रवि लामिछाने

images
  • 421
    SHARES
  • images

    2671.jpgअसार २ गते।  सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताउनुभएको छ। 

     काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभापति लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब बनाउनेहरुलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताउनुभयो। 

    सभापति लामिछानेले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पार्नुभयो। उहाँले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको बताउनुभयो। उहाँले साना कुरामा पार्टीका अन्य नेता बोल्ने बताउनुभयो। 

    लामिछानेले भन्नुभयो, ‘‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी बन्ने देशलाई गरिब बनाउनेलाई चुनीचुनी कानुनी दायरामा ल्याउने विचार छ।’’  

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # #rabilamichhane
  • # rabi lamichhane
  • # Ra swa pa
  • # Toshima
  • # prachanda

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology