Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भारतका प्रधानमन्त्री मोदीलाई सीमा समस्या समाधान गर्न आग्रह गरेँ : प्रधानमन्त्री

भारतका प्रधानमन्त्री मोदीलाई सीमा समस्या समाधान गर्न आग्रह गरेँ : प्रधानमन्त्री

images
  • 622
    SHARES
  • भारतका प्रधानमन्त्री मोदीलाई सीमा समस्या समाधान गर्न आग्रह गरेँ : प्रधानमन्त्री
    images

    काठमाडौं, जेठ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।

    सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो चार दिने औपचारिक भारत भ्रमणबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले दुई मुलुकबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतका प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी समेत गर्नु भयो ।

    प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा दिनु भएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताउनुभयो ।उहाँले आफूले भारतका प्रधानमन्त्री मोदीसँग गम्भीर रूपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकिर समेत गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘भेटवार्तामा सीमा सम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमा सम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढङ्गले आग्रह गरेको छु । यहाँहरूलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतका प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’’

    प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताउनुभएको पनि संसद्लाई जानकारी गराउनुभयो ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology