वैशाख ३ गते । आइतबार दिउँसो परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेसका सांसद साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो। साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँ नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आइतबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 




