जनकपुर, वैशाख १ गते । नयाँ वर्ष २०८० को प्रारम्भसँगै नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ । नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो ।नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ ।




