Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्वास्थ मन्त्रालयमा वीरेन्द्रको भुमिहारवाद हावी, भाई विजयले गर्छन् कमिसनको डिल !

स्वास्थ मन्त्रालयमा वीरेन्द्रको भुमिहारवाद हावी, भाई विजयले गर्छन् कमिसनको डिल !

images
  • समाचार
  • श्रावण १३, २०८० शनिवार १७:२९ बजे
  • 691
    SHARES
  • images

    स्वास्थ मन्त्रालयमा वीरेन्द्रको भुमिहारवाद हावी, भाई विजयले गर्छन् कमिसनको डिल !

     

    जनकपुर । मधेश प्रदेश सरकारको स्वास्थ मन्त्रालयमा वीरेन्द्र प्रसाद सिंह मन्त्री नियुक्त भएपछी मन्त्रलयमा जातीवाद हावी भएको छ । मन्त्री सिंहले स्वकिय सचिवालय देखी मन्त्रालयका हरेक तहमा आफ्नो जाती भुमिहारलाई मात्रै प्राथमिकतामा राख्ने गरेका छन् ।

     

    हालसम्म स्वकिय सचिवालयमा नियुक्ति पाएकाहरु मध्ये प्रमुख स्वकिय सचिव सुमित सिंह मन्त्री सिंहको आफ्नै फुपुको छोरा हुन् । सुमितले मन्त्रालयको पुरै प्रशासनिक काम हेर्ने गरेका छन् । त्यसतै सचिवालयमा नियुक्ति पाएका सुमन कुमार ठाकुर, अभिनव चौधरी, राहुल कुमार सिंह भुमिहार जातीकै छन् । त्यस्तै मन्त्री सिंहले आफ्नो सुरक्षा गार्डमा पनि भुमिहार जातीकै अर्जुन सिंहलाई राखेका छन् । 

     

    यता, ‘देखाउने दांत’को लागि सचिवालयमा निकेश त्रिपाठी र ड्राईभरमा कृष्ण मण्डललाई नियुक्त गरेका छन् । त्रिपाठी र मण्डल मन्त्री सिंहकै क्षेत्रको बासिन्दा रहेका छन् । सचिवालयमा रहेपनि त्रिपाठीलाई कुनै जिम्मेवारी दिईएको छैन् । फोन उठाउने र मन्त्रीको आगाडी पछाडी गर्ने बाहेकको कुनै एक्सेसमा त्रिपाठीको भुमिकामा त्रिपाठी देखिदैनन् । सबै महत्वपुर्ण काममा सुमित सिंहको भुमिका रहेको देख्न सकिन्छ । 

     

    नेपाली कांग्रेस मधेश प्रदेशको उपसभापति समेत रहेका मन्त्री सिंहको स्वजातीय प्रतिको माया यतिमै सिमित छैन् । मन्त्रालयमा आउने सेवाग्रहीहरु मध्ये आफ्ना भुमिहार जातीका मुख्य प्राथमिकतामा राख्ने गरेको मन्त्रालयका एक कर्मचारीले बताए । मन्त्री सिंहको यस्ता कामहरुले मन्त्रालयका कर्मचारीहरु दिक्क रहेको उनी बताउछन् । 

     

    कमिशनको डिल गर्न भाई विजयलाई अधिकार 

     

    मन्त्री सिंहले मन्त्रालय मातहतका योजनाका लागि कमिशनको डिल गर्ने जिम्मा आफ्नै सहोदर भाई विजय कुमार सिंहलाई दिएका छन् । हरेक योजनामा २०-२५% कमिशन उठाउन मन्त्री सिंहले भाई विजयलाई निर्देशन दिएका हुन् । 

     

    बुद्द एयर जनकपुरका स्टेशन मैनेजर रहेका विजय जाजोपॅाजो मिलाउन माहिर खिलाडी मानिन्छन् । मन्त्री सिंह पुर्वत सरकारमा पनि मन्त्री हॅुदा विजय नै कमिशनको डिल गर्ने गरेका थिए । उक्त समयमा विजय नै मन्त्रीको प्रमुख स्वकिय सचिव थिए । बुद्द एयरको जागिरमा हॅुदाहॅुदै मन्त्रीको सचिवालयमा बसेपछी धेरै विरोध भएको थियो । र, त्यसै कारणले यस पटक विजय सचिवालयमा नबसेर बाहिरबाटै डिल गर्ने गरेका छन् ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology