Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरले फोहोर नउठाएरजनस्वास्थ्यमाथि खेलबाड गर्‍यो : सञ्चारमन्त्री शर्मा

काठमाडौं महानगरले फोहोर नउठाएरजनस्वास्थ्यमाथि खेलबाड गर्‍यो : सञ्चारमन्त्री शर्मा

images
  • राजनीति
  • चैत्र ३०, २०७९ बिहिवार १८:०९ बजे
  • 379
    SHARES
  • images

     

    मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीवार  आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फाेहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको हो । 

     गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै उहाँले यस्तो गर्नु राम्रो नभएको बताउनु भयो ।  कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको उहाँले बताउनुभयो । मन्त्री शर्माले महानगरपालिकाको प्रमुखले भनेको विषय टुङ्गिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने बताउनु भयो । 

    उहाँले संघीय सरकारले सहजीकरण गरेर टुङ्ग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताउनु भयो । काठमाडौं महानगरपालिकाका प्रमुखले संविधान, कानून र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्नुपर्ने भनाइ राख्नुभयो । 

    images
  • सम्बन्धित विषय:

  • # rekha sharma
  • # alen shh

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology