एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छिन् । गुरूङले निकटतम प्रतिद्वन्द्वी एमाले का विजय सुब्बालाई पराजित गरेकी हुन् । विजयी हुनुभएकी कांग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन् । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याए । दुवै जनाबीच एक हजार ७९ मतान्तर रहेको छ ।