नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरे । उनीहरु बीच ११ हजार ६१९ मतान्तर रहेको छ ।




