स्वास्थ्य सामाग्री लिएर स्पेनी चार्टर्ड जहाज काठमाडौंमा
काठमाडौं । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर बुझेका छन् । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।परराष्ट्र मन्त्रालयका अनुसार राजदूत शेर्पाको पहलमा ती सामान नेपाल ल्याइएको हो। बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा १० थान अक्सिजन कन्सनट्रेटर, १५ थान भेन्टिलेटर , पीपीई, १ लाख २५ हजार एन्टिजिन टेस्ट किट ,१ लाख ४४ हजार थान मास्क लगायत छन् ।स्पेन सरकारले नेपाललाई ५ टन स्वास्थ्य सामग्री दिएको छ

Spanish aid agency @AECID_es handed over ventillators, oxygen concentrators, antigen test kits, PPEs etc. to Hon. Health Minister at TIA.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 20, 2021
Timely support from #Spain will be valuable in our fight against #COVID19. We thank the Gov and people of Spain for the solidarity. pic.twitter.com/s4iZKPFhAt





