Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कांग्रेसका नेता प्रकाशमान चौथोपटक निर्वाचित

कांग्रेसका नेता प्रकाशमान चौथोपटक निर्वाचित

images
  • 274
    SHARES
  • कांग्रेसका नेता प्रकाशमान चौथोपटक निर्वाचित
    images

     काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान चौथोपटक निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंहले सात हजार १४० मत ल्याएर निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे । 

     
     

    सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका हुन् ।

    अघिल्लोपटक विवेकशील साझाबाट उमेदवार बनेका मिश्र सिंहसँग ८१८ मतले पराजित भएका थिए । यसपटक राप्रपा प्रवेश गरेर उमेदवार बन्दा पनि उनी १२९ मतले पराजित भएका हुन् ।

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology