Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निर्वाचन केन्द्रित नभएर बजेट जनतामुखी बनाएको छु : अर्थमन्त्री शर्मा

निर्वाचन केन्द्रित नभएर बजेट जनतामुखी बनाएको छु : अर्थमन्त्री शर्मा

images
  • 979
    SHARES
  • images

    काठमाडौं, जेठ २० । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा आर्थिक अनुशासनमा रहेको निर्माण गरेको बताएका छन्। आर्थिक वर्ष २०७९\ ८० को बजेटमाथि सदनमा उठेका सवालको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यो बजेट निर्वाचनकेन्द्रित नभएर जनतामुखी भएको बताए।

     

     

    ‘यसभन्दा अघिको बजेट अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हुने गरेकोमा नयाँ बजेटमा ९ प्रतिशत मात्रै रहेको छ।’ शर्माले भने । बजेट धेरै सचेत र संयमित भएर ल्याएको उनको भनाइ छ। अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटको बताएका छन्।

     

    छलफलमा नेकपा एमालेका संसदले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर विभिन्न आयोजनामा बजेट हालेको भनाइप्रति जवाफ दिँदै उनले भने, ‘संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै भटिन। नयाँ बजेट १ वर्षको लागि आएको हो। संविधानमा ५ महिनाको लागि मात्रै बजेट ल्याउने भनेर लखेको भए ५ महिनाको लागि मात्रै बजेट ल्याउने थिए।’

     

    बजेटले तोके अनुसार ८ प्रतिशत नै आर्थिक वृद्धि हुने उनले दाबी गरे।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology