Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने माधब नेपालको भनाई

प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने माधब नेपालको भनाई

images
  • 577
    SHARES
  • images

    काठमाडौं, जेठ १९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तागठबन्धन दलहरुबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको छ ।

     

    पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्न सुर्खेत पुगेका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै दलहरुबीच चुनावी समीक्षाबाट आत्मालोचना भएकाले आगामी निर्वाचनमा पनि तालमेल हुने बताएका हुन् । 

     

    ‘अहिलेको गठबन्धनबीच सम्बन्ध रहिरहन्छ । यस बाहेकको गठबन्धन हुने विकल्प छैन।’ अध्यक्ष नेपालले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच कहिँकतै असहयोग भए तर सम्बद्ध दलहरुले आत्मालोचना गर्नुभएको छ। त्यसैले पनि प्रदेश र संघको निर्वाचनमा तालमेल कायम रहन्छ।’

     

    अध्यक्ष नेपालले गठबन्धन सरकारले जनभावनाअनुसारको नीति कार्यक्रम र बजेट ल्याएको बताए। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology