Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले नेता लालबाबु पण्डितको प्रश्न- अर्थमन्त्रीज्यु, एक घन्टामा चितवन हेलिकोप्टरमा झुन्डेर जाने हो?

एमाले नेता लालबाबु पण्डितको प्रश्न- अर्थमन्त्रीज्यु, एक घन्टामा चितवन हेलिकोप्टरमा झुन्डेर जाने हो?

images
  • 1.3K
    SHARES
  • images

    काठमाडौं, जेठ १८ । एमाले सांसद लालबाबु पण्डितले एक घन्टामा चितवन कसरी पुग्न सकिन्छ भन्दै प्रश्न गरेका छन्। संसदमा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै बुधबार उनले हेलिकोप्टरमा झुन्डेर एक घन्टामा पुग्ने हो भन्दै प्रश्न गरे।

     

    'अर्थमन्त्रीज्यु काठमाडौंबाट चितवन एक घन्टामा हलिकोप्टरमा झुन्डेर जानुहुन्छ? के भन्न खोज्या हो? कति बजेट छुट्याएको छ?,' उनको प्रश्न छ। उनले अर्थमन्त्री जनार्दन शर्माले हावादारी बजेट प्रस्तुत गरेको बताए। 'हावादारी रुपमा प्रस्तुत भएर यो नै ठीक हो, यो नै सत्य हो भनिरहने हो भने के भन्न सकिन्छ?,' उनले भने।

     

    उनले प्रमुख प्रतिपक्षी दलले सुझावमात्र दिएको स्पष्ट पारे। उनले उदाहरण दिँदै भने, 'शरीर सुन्नेर डाक्टर कहाँ पुगेपछि त उपचार गर्ने हो। डाक्टरको सल्लाह नमान्ने, उपचार पनि गर्दिनँ भन्ने, औषधि पनि खाँदिनँ भन्ने हो भने के हुन्छ? दुःखबाहेक केही हुँदैन,' उनले भने।

     

    उनले भविष्यको कुरा गर्न छुट भए पनि यो बजेट जनता लोभ्याउने र गुलियो नाराको रुपमामात्र आएको बताए।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology