काठमाडौं, जेठ १८ । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन्।
पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाउने चेतावनी दिएका छन्। आफूले गठबन्धन कायम राखेरै जान चाहेको स्पष्ट पार्दै उनले यदि कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए ठेगान लगाउने बताए।
'अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ। हामीलाई अरू केही छैन’, उनले भने, ‘तर हामी चिन्तित छौं।




