काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले पहिलो राजनीतिक भेटका रुपमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको तस्विर सार्वजनिक भएको छ।
यसअघि बालेनले काठमाडौं महानगरको मेयरको पदभार ग्रहण गरेसँगै जंङ्गी अड्डा पुगेर प्रधानसेनापतिसँग भेटघाट गरेका थिए। जसलाई कतिपयले अर्थपूर्ण रुपमा हेरेका छन्।




