काठमाडौं, जेठ १७ । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेटवार्ता भएको छ।
खनाल निवास डल्लुमा आज बिहान भएको भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि सुमधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे।
भेटको क्रममा दुई देश बिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ।




