Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको दशौ अधिवेशन सम्पन्न, यस्तो बन्यो कार्यसमिति टिम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको दशौ अधिवेशन सम्पन्न, यस्तो बन्यो कार्यसमिति टिम

images
  • 970
    SHARES
  • images

     पोर्चुगल: लामो समयदेखि संसारभरका लेखक श्रष्ट्राहरूलाई आपसमा जोड्दै भाषा, साहित्यको उन्नयनमा निरन्तर योगदान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको १० औँ अधिवेशन सम्पन्न गरि नव निर्वाचित कार्यसमिति घोषणा गरेको छ । वरिष्ठ साहित्यकार अनेसास केन्द्रीय महिला समितिकी युरोप संयोजक तथा अनेसास पोर्चुगलकी सल्लाहकार सीता बरालको प्रमुख आतिथ्यमा संस्थाको १० औँ अधिवेशन सम्पन्न गरि नव निर्वाचित कार्यसमिति घोषणा गरेको हो । अनेसास पोर्चुगलका सल्लाहकार तथा एन आर एन ए पोर्चुगलका अध्यक्ष रविन अधिकारीको संयोजकत्वमा अनेसास पोर्चुगलका उपाध्यक्ष विशेष आत्रेय तथा सह- कोषाध्यक्ष विद्या आचार्यको सदस्यतामा गठित निर्वाचन समितिले २०२२-२०२४ कार्यकालका लागि १३ सदस्य रहेको नयाँ कार्यसमिति घोषणा गरेको छ । नव कार्यसमितिको अध्यक्षमा सवी श्रेष्ठ, उपाध्यक्ष अरुन भेटवाल, सागर शाह, उर्मिला कार्की र शान्ति अधिकारी अर्याल महासचिव एन. बि. अन्जान, सचिव मुना चौधरी र गोमा रेग्मी कोषाध्यक्ष रेखा नेपाली सदस्यहरु सरीता थापा, संगीता स्मृति, कृष्ण प्रसाद पाण्डे र ऋतु लामा चयन भएका छन् । साथै संरक्षकमा महावाणिज्य दुत मकर ब. हमाल, सल्लाहकारमा स्पन्दन विनोद, रविन अधिकारी र अर्जुन श्री समेत चयन गरेको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology