काठमाडौँ, जेठ १३ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडूले प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग भएका संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुखले रुलिङ गरेका छन्।
बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिएका थिए। आज शुक्रबार उक्त अभिव्यक्तिको जवाफ दिने क्रममा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको उल्लेख गर्दै ओलीले ‘स्तरहीन अभिव्यक्ति’ दिएको बताएका थिए।कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार सभामुख सापकोटाले मन्त्रीले बोलेका ती शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।




