Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बलात्कार उजुरीमा हदम्याद नलगाउन राष्ट्रिय सभाका महिला सांसदले गरे संकल्प प्रस्ताव दर्ता

बलात्कार उजुरीमा हदम्याद नलगाउन राष्ट्रिय सभाका महिला सांसदले गरे संकल्प प्रस्ताव दर्ता

images
  • 607
    SHARES
  • images

    काठमाडौं, जेठ १३ । यौन हिंसा सम्बन्धी उजुरीका लागि हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। सांसद कमला पन्तको प्रस्ताव र सांसद विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

     

    संकल्प प्रस्तावमा हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएको उल्लेख गरिएको छ। बालबालिका संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहितामा बलात्कार र यौन जन्य हिंसामा हिंसा भएको मितिले एक बर्ष भित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ।

     

    तर, नाबालिकको हकमा भने बालिग अर्थात १८ वर्ष पूरा भएको मितिले एक वर्षसम्म उजुरी गर्न पाउने व्यवस्था छ। यसरी उजुरी दिने हदम्याद राखिँदा पीडितहरुले न्याय पाउन नसकेको भन्दै संकल्प प्रस्ताव संसदमा लगिएको हो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology