काठमाडाैॅ, जेठ ४ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताएका छन्।
उनले कसको कति सम्पती छ ? के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भन्दै भट्टराईले एक पटक राज्यले सबैबाट सम्पती विवरण खोज्नु पर्ने बताए ।
बरु एकपटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको सम्पती विवरण पेश गर्ने वातावरण बनाउनुपर्ने उनले बताए। तर आफूले कालो धनलाई सेतो बनाउनका लागि यस्तो सुझाव नदिएको बताउँदै भट्टराईले व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको समेत पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको उनले बताए।




