Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा भएको सांसद भट्टराईको भनाई

मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा भएको सांसद भट्टराईको भनाई

images
  • 799
    SHARES
  • images

    काठमाडौं, जेठ ४ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा रहेको आरोप लगाएका छन्।

     

    प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्दै सांसद भट्टराईले उक्त कुरा बताएका हुन्। भट्टराईले अर्थतन्त्रको सवलीकरण, राष्ट्रिय पूँजीको निर्माण कसरी हुन्छ ? भनेर प्रश्न गरे।

     

    ‘‘मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा छन् । उद्योगधन्दा बन्दको अवस्थामा छन्। देशभित्र रोजगारीको अवसर कमजोर बन्दै गएको छ।,’’ उनले भने, ‘‘कृषिलाई व्यवसायीकरण, औद्योगीकरण गर्ने र किसानहरुलाई उत्साहित गर्ने कुरामा सरकारले ध्यान दिन सकेको छैन। यस्तो अवस्थामा राष्ट्रिय पूँजी कसरी निर्माण हुन सक्छ ?’’

    images
  • सम्बन्धित विषय:

  • # yogesh bhhatarai

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology