Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रियसभा : उप-निर्वाचनको मतदान शुरु

राष्ट्रियसभा : उप-निर्वाचनको मतदान शुरु

images
  • 463
    SHARES
  • राष्ट्रियसभा : उप-निर्वाचनको मतदान शुरु
    images

    राष्ट्रियसभा : उप-निर्वाचनको मतदान शुरु

    राष्ट्रियसभाको उप निर्वाचनका लागि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ ।

    मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

    राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा आज बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रियसभा उपनिर्वाचनका लागि बागमती प्रदेशबाट १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उप-प्रमुख २ सय ३८ जना मतदाता छन् ।

    उम्मेदवारहरु आफूले आफैंलाई भोट हाल्न पाउँदैनन्  निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

    वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् । त्यस्तै अन्य मतदाता पनि मतदानस्थलमा पुगेका छन् । नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप-निर्वाचन हुन लागेको हो ।khim.jpg

    गृहमन्त्री रामवहादुर थापा सहित स्वतन्त्र उम्मेदवारका डा. खिमलाल देवकोटा कृष्णगोपाल तामाङलाई तीनैजना उम्मेदवार मतदानस्थलमा छन् । नेपाली कांग्रेस र माओवादीले देवकोटालाई मत हाल्नेछन् । एमालेको माधव नेपाल पक्षका मतदाता भने विभाजित देखिएका छन् । अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले पार्टी विवाद नमिलेको र खिमलाल देवकोटाले माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादीले समर्थन गरेकाले आफूहरुको उम्मेदवार देवकोटा नै रहेको बताएका छन् । तर केहीले पार्टी निर्णय मान्नु पर्ने भन्दै बादलको पक्षमा मतदान गर्नुपर्ने बताइरहेका छन् ।

    एमालेका माधवकुमार नेपालको प्रस्तावमा कांग्रेस/माओवादीसमेतको सहमती लिइ देवकोटा उम्मेदवार बने पनि पछिल्लो समयमा नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीचको सहमति भएपछि एमालेभित्रको माधव पक्षलाई सूर्य चिह्नमा मत हाल्न दवाव छ । सूर्य चिह्न बादलले पाएका छन् । माधव नेपालले हिजै एक विज्ञप्ति जारी गर्दै आफूपक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न अनुरोध गरेका छन् ।

    प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट  मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम मार्फत सार्वजनिक गर्ने योजना छ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology