Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाली कांग्रेसद्वारा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेद्वारी दिनेलाई पार्टीबाटै निष्कासित

नेपाली कांग्रेसद्वारा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेद्वारी दिनेलाई पार्टीबाटै निष्कासित

images
  • राजनीति
  • बैशाख २३, २०७९ शुक्रवार ११:४९ बजे
  • 1.3K
    SHARES
  • images

    काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका  उम्मेदवारलाई कांग्रेसले पार्टीबाटै निष्कासित गरेको छ। विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासित गरेको हो।

     

    बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टी समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन्।

     

    वैशाख १९ गते विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो। उक्त आग्रह अस्वीकार गरेका बागीहरु काँग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निस्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology